कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै जिल्लामा दुई अध्यक्ष

सिरहा — कांग्रेस भ्रातृ संगठन नेविसंघको सिरहा अध्यक्षमा दुई जना मनोनीत भएका छन् । केन्द्रीय पदाधिकारीले जिल्लाको आधिकारिक प्रतिनिधि दाबी गर्दै दुई जनालाई संघको जिल्ला अध्यक्ष मनोनीत गरेका हुन् । शीतल चौधरी र मो. मुस्ताक अध्यक्षमा मनोनीत गरिएका हुन् ।

एउटै जिल्लामा दुई अध्यक्ष

चौधरीलाई संस्थापन पक्षका मानिने केन्द्रीय सदस्य आशिष कार्कीले र मुस्ताकलाई कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मनोनीत गरेका हुन् । संघको विधानमा अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । यहाँ भने अधिवेशन नभएको वर्षौं भइसक्यो । कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघका कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताए ।

प्रकाशित : जेष्ठ २, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?