कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुरा प्रहार गरी छोराको हत्या

भक्तपुर — भक्तपुरमा एक व्यक्तिले छुरा प्रहार गरी छोराको हत्या गरेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने चाँगुनारायणका ३५ वर्षीय पलमान गिरीले आइतबार आफ्नै छोरा १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी छोराको हत्या

छुरी प्रहारबाट सख्त घाइते प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामङ्गल काठमाडौंमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।


मृतकको बाबु गिरीलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?