कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इदको बिदा दिन गृहमन्त्रीको ध्यानाकर्षण 

काठमाडौँ — नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ । 

इदको बिदा दिन गृहमन्त्रीको ध्यानाकर्षण 

संगठनका उपाध्यक्ष ताजमोहम्मद मियाँ, महासचिव जुनेद अन्सारीलगायतले मंगलबार मन्त्री थापालाई भेटेर काटिएका मुस्लिम पर्व कायम गराउन माग गरेका हुन् । सरकारले इदउल फित्र, इदउल अजहा र पछिल्लो पटक दिइएको मोहम्मद डेको सार्वजनिक बिदा कटौती गरेको छ ।


रमजान पर्व मनाइरहेका मुस्लिमहरुले आगामी साता इदउल फित्र मनाउनेछन् । वर्षौँदेखि दिइदै आएको बिदा कटौतीले लाखौँ मुस्लिमको चित्त दुखेको भन्दै मियाँले पुन: बिदा घोषणा गर्न मन्त्री थापासँग आग्रह गरे ।


संगठनले सोमबार सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसँग पनि बिदा कायम गराउन ध्यानकर्षण गरेको थियो । संगठनबाहेक कांग्रेस निकटको मुस्लिम संघलगायतले पनि बिदा कायम गराउन माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?