कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय रिपोर्टिङ्गसम्बन्धी गोष्ठी सम्पन्न

मोरङ — पत्रकार महासंघ शाखा मोरङले आयोजना गरेको संसदीय रिपोर्टिङ्गसम्बन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । 

संसदीय रिपोर्टिङ्गसम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं बाहिर पहिलो पटक भइरहेको संसदीय अभ्यासको बारेमा समाचार संकलन र लेखनमा आइरहेको समस्याको बारेमा गोष्ठीमा छलफल भएको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईँटेलले बताए ।


गोष्ठीमा संसदीय मर्यादा, संसदसम्बन्धी ऐन, नियम, संसदीय अभ्यास, विधि र त्यहाँ पत्रकारले निर्वाह गर्ने भूमिकाको विषयमा छलफल भएको उनले सुनाए ।


कान्तिपुरका सम्पादक हरीबहादुर थापा र पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले गोष्ठीमा सहजीकरण गरेका थिए ।

प्रकाशित : असार ४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?