कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दघाटमा सडक दुर्घटना, १ काे मृत्यु

नारायण शर्मा

नवलपरासी — बर्दघाट त्रिवेणी सडकखण्डमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ युवक गम्भीर घाइते भएका छन् ।

बर्दघाटमा सडक दुर्घटना, १ काे मृत्यु

प्रहरीका अनुसार सोमबार राति ८ बजे भएको दुर्घटनामा बर्दघाटका मनोज चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।


बर्दघाटकै सिसम चौधरी र सुदिप चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपपछि चितवनस्थित पुरानोमेडिकल कलेजमा लगिएको बर्दघाट प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ४, २०७५ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?