कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरीमा संलग्न युवा पक्राउ

काठमाडौँ — चोरीमा संलग्न रहेको आरोपमा भक्तपुरका एक युवा पक्राउ परेका छन् ।

चोरीमा संलग्न युवा पक्राउ

मध्यपुर ठिमि –६ कुण्डोलका नविन बुढाथोकीको घरमा चोरी गरेको आरोपमा चागुनारायण –७ का ४० वर्षीय पशुपति रिमाललाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो ।

रिमालले बुढाथोकीको घरबाट गएको जेठ १५ गते सुन चाँदीसहित ७ लाख २५ हजार बराबरको धनमाल चोरी गरेका थिए ।

अपराध महाशाखाले रिमालको साथबाट सुनका गरगहना पाँच तोला, चाँदीको दियो एक थान, र तीन थान मोबाइल बरामद गरेको छ ।

उनलाई कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमि भक्तपुर पठाइएको अपराध महाशाखा टेकुका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।


प्रकाशित : श्रावण १, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?