कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

टिपरलाई बिहान ५ बजेदेखि नै रोक

ललितपुर — रिङरोडभित्र सञ्चालन हुने टिपरलाई बिहान ५ बजेदेखि नै रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयको निर्देशनविपरीत राति ८ देखि बिहान ८ बजेसम्म सञ्चालनको अनुमति दिएको थियो ।

टिपरलाई बिहान ५ बजेदेखि नै रोक

टिपरको ठक्करबाट शृंखलाबद्ध मृत्युका घटना बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई राति ८ देखि बिहान ५ बजेसम्म मात्रै चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले मन्त्रालयले तोकेकै समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको बताए । ग्वार्को–इमाडोल–सिद्धिपुर–लुभु लामाटार, सातदोबाटो–हरिसिद्धि–गोदावरी र चापागाउँ दोबाटो–सुनाकोठी–चापागाउँ सडक भने टिपर निषेधित क्षेत्र हो ।

यी क्षेत्रका सडकका हकमा ललितपुर ट्राफिक प्रहरीलाई अध्ययन गरी रिपोर्ट पेस गर्न निर्देशन दिइएको समितिले जनाएको छ । बुङमती–भैंसेपाटी–नख्खु सडक पनि टिपर निषेधित क्षेत्र हो । तर, यहाँ टिपर निर्बाध चलिरहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?