कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनले दियो ५ स्थानीय तहलाई एम्बुलेन्स 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन सरकारले विभिन्न ५ हिमाली जिल्लाका स्थानीय तहलाई एम्बुलेन्स उपहार दिएको छ ।

चीनले दियो ५ स्थानीय तहलाई एम्बुलेन्स 

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र नेपालका लागि चिनियाँ राजदूत यु होंगले ती एम्बुलेन्स स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेका थिए । नेपाल चीन हिमालय मैत्री समाजका अध्यक्ष एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा एम्बुलेन्स हस्तान्तरण भएको हो ।


संखुवासभाको खादबारी, दोलखाको भीमेश्वर, लमजुंगको मध्यनेपाल, काभ्रेको मण्डन देउपुर र सिन्धुपाल्चोकको जुगल स्थानीयतहलाई चीन सरकारले एम्बुलेन्स उपलब्ध गराएको हो ।


कार्यक्रममा उपप्रधानमन्त्री यादवले छिमेकी चीनले शिक्षा र स्वास्थ्यमा समेत सहयोग गर्दै आएकोमा खुसी प्रकट गरे ।

समाजका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टीका युवा नेता पोखरेलले आगामी दिनमा समेत चिनियाँ सहयोग उपलब्ध हुने विश्वास राख्दै यसले दुई देशको जनताको तहको सम्बन्ध बलियो हुने धारणा राखे ।

प्रकाशित : श्रावण १२, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?