कान्तिपुरकर्मी मियाँ पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — वन संरक्षण र वातावरीय मुद्दामा कलम चलाएबापत वन तथा वातावरण मन्त्रालयले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

सामुदायिक वन दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मियाँसहित गोरखापत्रकी धनकुटा संवाददाता कोकिला भण्डारीलाई सम्मानपत्र प्रदान गरेका हुन्। पुरस्कारको राशि जनही २५–२५ हजार छ। वन तथा भू-संरक्षण विभागले गत वर्षदेखि एक महिला र एक पुरुषलाई सामुदायिक वन पत्रकारिता पुरस्कार दिन थालेको हो।

Yamaha

दिवसका अवसरमा मन्त्रालयले सामुदायिक, साझेदारी, निजी वन र कबुलियती वन संरक्षणमा योगदान पुर्‍याएका समूह र व्यक्तिलाई पनि पुरस्कार प्रदान गरियो। वन तथा भू-संरक्षण विभागले संयोजन गरेको पुरस्कार ५ विधामा १४ वटा पुरस्कार प्रदान गरिएको हो।

गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ पाल्पाको अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहलाई एक लाख, अर्घाखाँचीको घिरीखोला सामुदायिक वन उपभोक्ता समूहलाई ७५ हजार र कपिलवस्तुको विरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहलाई ५० हजार र मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूह तथा नवलपुरको धुसेरी सामुदायिक वन उपभोक्ता समूहलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

यस्तै, कवुलियती वन राष्ट्रिय पुरस्कारतर्फ पाँचथरको ठाडो नागी कवुलियती वन समूहलाई एक लाख, नवलपुरको सितलपोखरी कबुलियती वन समूहलाई ७५ हजार र प्युठानको हार्वुङ्गदीप कवुलियती वन समूहलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिइएको छ।

निजी वन राष्ट्रिय पुरस्कारतर्फ झापाको दुर्गाप्रसाद प्रसाईंलाई ७५ हजार, कैलालीका मुकुन्द पाण्डेलाई ५० हजार र इलामका रघुनाथ तिम्लिसिनालाई ३० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ।
साझेदारी वन राष्ट्रिय पुरस्कार कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ। पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ।

प्रकाशित : श्रावण २५, २०७५ १७:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एक करोड गीता

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वमै सर्वाधिक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भारतको गोरखपुरस्थित गीता प्रेसले नेपाली भाषामा ‘श्रीमद्भागवद्गीत र सरल गीता’ १ करोडप्रति छापेर देशभर वितरण गर्ने अभियान सुरु गरेको छ ।

आध्यात्मिक ज्ञान बढाउनेलगायतका उद्देश्य राखेर गीता प्रेस र काठमाडौंस्थित गीता प्रेस सेवा केन्द्रले ‘प्रत्येक नेपालीको घरघरमा श्रीमद्भागवद्गीत र सरल गीता हाम्रो अभियान’ थालेको हो । ग्रन्थका अनुवादक तथा संयोजक वासुदेव कृष्ण शास्त्रीका अनुसार नेपालमा गीता प्रेस पुस्तक बिक्री केन्द्र स्थापना भएको २ वर्ष पूरा भएको अवसरमा यस्तो अभियान ल्याइएको हो ।
‘समाजमा विचलन, दुराचार र थुप्रै समस्या बढदै गइरहेकाले आध्यात्मिक ज्ञान बढाउन प्रत्येक नेपालीको हातहातमा गीता पुर्‍याउने अभियान सञ्चालन गरिएको हो,’ शास्त्रीले भने । यी दुई पुस्तकको हालै पशुपति क्षेत्रमा पशुपति मन्दिरका मूल भट्ट रावल गणेश भट्ट, गीता प्रेसका प्रधान सम्पादक डा. लालमणि तिवारी, केन्द्रका संस्थापक अध्यक्ष जय किसन सारडा लगायतले लोकार्पण गरेका थिए ।

पहिलो चरणमा ३० हजार प्रति छापिएको केन्द्रले जनाएको छ । संयोजक शास्त्रीले देशभरका विद्वान् र गुरुहरुमार्फत ४ वर्षभित्र १ करोड ग्रन्थ वितरण गरिने बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १६:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT