कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु 

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायकमा मोटरसाइकलको ठक्करबाट मंगलबार एक वृद्धा महिलाको मृत्यु भएको छ ।
भक्तपुरबाट सूर्यविनायक गणेशमन्दिरतर्फ जाँदै गरेको बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु सिन्धुपाल्चोक चौतारा घरभई सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने ७० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु 

ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए ।


मोटरसाइकलको ठक्करबाट सोही स्थानकी ६४ वर्षीया मैंया श्रेष्ठ घाइते भएकी छन् । घाइतेको डा. इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।


मोटरसाइकल र चालक सूर्यविनायक ८ सिपाडोलका सानुभाइ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : श्रावण २९, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?