सुरु भयो लाखे जात्रा

विद्या राई

काठमाडौँ — नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्रा मनाउन सुरु भएको छ । उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ । 

काठमाडौंको शान्तीनगर, बानेश्वर, शंखमुल, पुरानो बानेश्वर, सिनामंगल क्षेत्रका नेवार समुदायले नागपञ्चमीदेखि लाखेजात्रा औपचारिक सुरु भएको छ। उनीहरुले लाखे निकालेर चोक, गल्लीहरुमा नाच्दै, मन्दिरमा पुजा गरेर तथा हाासको बलि दिएर जात्रा सुरु गरेका छन्।

Yamaha

नेवार समुदायको बाहुल्य रहेको स्थान विशेष विभिन्न तिथि, मितीमा मनाउन सुरु गरिने लाखेजात्राको कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म धुमधामका साथ मनाइन्छ। उपत्यकामा इन्द्रजात्रा र गाइजात्राको बेला चहलपहल बढी हुन्छ।

नेवार समुदाय र संस्कृति तथा परम्परासँग जानकार राख्ने अगुवा काशीनाथ तमोटका अनुसार लाखेजात्रा देशविदेशमा प्रसिद्ध हँुदै गएको छ। यस समुदायमा देवीदेवताको पुजाआजा र भक्तिभाव गर्ने चलन बढी हुन्छ। परापूर्वकालमा नेवार अग्रजहरुले देवता, देवीयोनी(राक्षस) र मानिस देवता तीनथरीका प्रणीको परिकल्पना गरेका थिए।

तीनथरी मध्ये देवीयोनीलाई मानिसको सहयोगीका रुपमा मान्दै आएको र लाखेजात्रा रुपमा मनाउदै रमाइलो गर्दै आएको अगुवा तमोटले बताए। ‘लाखेजात्राले रमाइलो पनि हुने भयो, मनोरञ्जन पनि दिने भएर नेवार समुदाय बसेको ठाउँमा मनाइन्छ, अन्य समुदायलाई नी आकर्षक बन्दै आयो र देशविदेशमा ‘पपुलर’ हुदै आयो’ उनले भने।

नेवार समुदायको धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध रहेको लाखेजात्राको रौनकले उपत्यकाका चोक, गल्ली, बजारहरु गुञ्जयमान बन्ने गर्छन्। नेवार समुदायका अग्रज तथा युवाहरु भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ। यसैगरी विभन्न जिल्ला सदरमुकाम र गाउँघरमा सदरमुकाम तथा गाउँको परिक्रमा गराइन्छ।

जात्राको मुख्य आकर्षण भनेकै मुकुण्डोधारी लाखे हुन्छ। ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरुलाई नक्कल गर्दै लाखेसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गरिन्छ। लाखे बन्नेले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर तयार भएर बसेको हुनुपर्ने हुन्छ।

यस जात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउछ। ‘साँस्कृतिक, धार्मिक महत्व त छदैछ, सँगै आपसी भाइचारा, भातृत्व कायम राख्ने, घर परिवार, आफन्तजन जमघट हुने, दु:खसुख आदानप्रदान गर्ने माध्यम हो। ’ नेवा: देय् दवूका केन्द्रिय अध्यक्ष नरेन्द्र ताम्राकारले बताए।

लाखेजात्राको अवसरमा नेवार समुदायका परिवार, आफन्त, इष्टमित्र, साथीभाई भेला भएर मिष्ठान्न भोजन गर्ने, रमाइलो गर्ने गर्छन्। अध्ययन, जागिर तथा व्यवसायका क्रममा टाढा–टाढा गएर परिवारका सदस्यहरुको पनि लाखेजात्राको अवसरमा एकठाउा भेला हुन्छन्।

उपत्यका तथा सहरबजारमा लाखे भव्य मनाउने चलन कायमै भएपनि गाउँमा यसको रौनक हराउदै गएको नेवार समुदायको अग्रजको चिन्ता पनि छ। १० वर्ष अघि नेवारी समुदाय बसेका गाउँ—गाउँमा समेत लाखेजात्रा धुमधामका साथ लाग्ने गथ्र्यो।

गाउँबाट जिल्ला सदरमुकाममा समेत जात्रा देखाउन आउनेहरुको घुइँचो लाग्थ्यो। बजारमा लाखे निस्किदा बाटोमा खुट्टा राख्ने ठाउा समेत हुदैनथ्यो। लाखे हेर्ने मानिसहरुको भिडले केटाकेटी र वृद्धहरुलाई हिड्ँनलाई समेत मुस्किल पथ्र्यो।

तर अहिले सदरमुकाम समेत लाखेजात्रा देख्न मुस्किल पर्दै गएको छ। दशक लामो देशमा सशस्त्र द्वन्द्वले नेवार समुदायका मानिसहरु सुविधा सम्पन्न शहरमा पलायन भएका र पलायन भएका युवाहरुको कम चासोका कारण सदियौदेखिको संस्कृति पर्व लाखेजात्रा लोप हुदै जान थालेको भोजपुरका गणेश श्रेष्ठले बताए।

प्रकाशित : भाद्र १, २०७५ १६:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

उर्जामन्त्री पुनको निर्देशन, 'प्राधिकरणका आयोजनाको लागत घटाउनुस्'

रमेश लम्साल, रासस

काठमाडौँ — निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोगबाट मुक्त हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजनाको अवस्था समस्याग्रस्त रहेको र समयमै सम्पन्न हुने अवस्था नभएको भन्दै मन्त्रालयले निर्देशन दिएको हो । प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली थ्री ए, रघुगङ्गाजस्ता आयोजना समस्यामा छन् । अधिकांश आयोजनामा निर्माण व्यवसायीको काम गर्ने प्रवृत्तिमा समेत समस्या देखिएको छ ।

कुल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सो आयोजनामा निर्माण व्यवसायीको लापर्बाही हुनाका साथै समन्वय र सक्रियता देखाउन प्राधिकरणसमेत चुक्दै आएको छ । सातपटक म्याद थपिँदासमेत आयोजना कहिले सकिने भन्ने टुङ्गो छैन । ‘गोरखा भूकम्प’ का कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए चालू आवको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा सकिन्छ वा सकिँदैन भन्ने अवस्था छैन ।

निर्माण व्यवसायीको छनोटको समस्यामा फसेको म्याग्दीमा आयोजनास्थल रहेको रघुगङ्गाको अवस्था पनि उस्तै छ । प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशीसमेत तोकिएको समयमा पूरा हुने अवस्था छैन । उक्त आयोजना आगामी पुस मसान्तमा सकिने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीका कारण ठाडो सुरुङमा स्टिल जडान गर्ने कार्य हालसम्म सुरु हुन सकेको छैन । प्राधिकरणको ३३औँ वाषिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा आयोजना पूरा नगर्ने प्रवृत्तिबाट मुक्त भएर काम गर्न निर्देशन दिए ।

'विद्युत्भार कटौतीको अन्त्य भयो भनेर मख्ख परेर बस्ने अवस्था छैन, आयोजनाको हालत असाध्यै खराब छ । यति समयमा पूरा गर्छौं भनेर प्रतिबद्धता जनाए पनि राष्ट्र र जनताप्रति जिम्मेवार बन्न पर्दैन ?', मन्त्री पुनले प्रश्न गरे । नहुने काम भइहाल्छ र हुन्छ भनेर देश, जनतालाई नढाट्नसमेत मन्त्री पुनले प्राधिकरणको नेतृत्वको ध्यानाकर्षण गराए । उनले निजी क्षेत्रलाई समेत इमान्दार र जिम्मेवार भएर ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले सरकारी निकाय बढी जिम्मेवार बन्नुपर्ने र नमूना काम गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले पनि देश र जनताको हितमा काम गर्नुपर्ने र जता पनि फाइदा मात्रै खोज्ने र शक्ति केन्द्रलाई मिलाउने प्रवृत्तिबाट मुक्त हुन उनको आग्रह थियो ।

प्राधिकरणका कर्मचारीको आफ्नै शेयर स्वामित्व रहने गरी ६० मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माणका लागि स्वीकृति दिने चरणमा मन्त्रालय रहेको उनको प्रष्टोक्ति छ । सरकारले २०७५ देखि २०८५ साललाई ऊर्जा दशक घोषणा गरेको छ । ऊर्जा क्षेत्रको सुधारका लागि सरकारले गत वैशाखमा श्वेतपत्र सार्वजनिक गरेको छ । सरकारले विद्युत्को खपत बढाउनका लागि रणनीतिकरुपमा उपाय अपनाएको र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए ।

सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेकाले प्राधिकरणले नै त्यसका लागि महत्वपूर्ण जिम्मेवारी लिनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

प्रकाशित : भाद्र १, २०७५ १६:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT