कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरको फोहोरबाट कम्पोस्ट मल

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले जापानी प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । मध्यपुर थिमि–४ विष्णुकुण्डलस्थित जापानको सहयोग तथा रिकिसी कम्पोस्ट प्रालिको समन्वयमा मल उत्पादन थालिएको हो ।

नगरको फोहोरबाट कम्पोस्ट मल

जापानको सहयोगमा नगरले २ करोड रुपैयाँ लागतमा करिब ३ रोपनी क्षेत्रफलमा कम्पोस्ट मल बनाउने केन्द्र निर्माण गरेको हो । केन्द्रलाई थप व्यवस्थापन गर्न प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भइसकेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उनले प्रशोधन केन्द्रका लागि नगरले २ करोड लगानी गर्ने बताए । ‘नगरका प्रत्येक घरबाट कुहिने तथा नकुहिने फोहोर संकलन गर्ने कार्य सुरु गरिसकेको छ,’ उनले भने, ‘फोहोर संकलन गर्न ८ सय घरमा बाल्टिन वितरण गरिसक्यौं ।’


नकुहिने फोहोरलाई समेत २ भागमा विभाजन गर्ने गरेको नगरपालिकाले जनाएको छ । पुन: प्रयोग गर्न मिल्नेलाई प्रयोगमा ल्याउने र प्रयोग गर्न नमिल्नेलाई कवाडीमा बिक्री गर्ने प्रक्रिया सुरु गरेको रिकिसी प्रालि संयोजक उषा गिरीले बताइन् । प्रालिले कम्पोस्ट मलको प्रयोग गरी अग्र्यानिक नमुना खेती गर्ने र नगरपालिकाको खेतीयोग्य जमिनमा कम्पोस्ट मलको प्रयोग गर्न प्रोत्साहन गर्ने उनले बताइन् । केन्द्रबाट सातामा ३ टन कम्पोस्ट उत्पादन हुने नगरपालिकाले जनाएको छ । मध्यपुर थिमिबाट दैनिक २ टन फोहोर निस्किन्छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?