कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, टिपरमा लगाइयो आगो

लीला श्रेष्ठ

भक्तपुर — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक पान्डूबजारमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । 

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, टिपरमा लगाइयो आगो

काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा काभ्रेको नमोबुद्ध नगरपालिका ८ डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको छ ।

घटनापछि स्थानीय बासिन्दाले टिपर जलाइदिएका छन् ।

राति ८ बजे अगाडि नै टिपर चलाएर दुर्घटना गराएको भन्दै स्थानीयले टिपरमा आगो लगाएका हुन् । टिपरको आगो निभाउन आएको दमकललाई समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।


आक्रोशित भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास हानेको छ । त्यस क्षेत्रमा केही समय यातायात आवामगन रोकिएको थियो ।


प्रकाशित : आश्विन १७, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?