कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार पुस्तकालयको शिल्यान्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको शिल्यान्यास गरिएको छ । पुस्तकालय गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा स्थापना गर्न लागिएको हो । 

पत्रकार पुस्तकालयको शिल्यान्यास

महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गरे ।


कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताए । उनले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागि परेको धारणा राखे ।


नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष कपिलदेव थापाले आफूहरुले क्यानडामा सिकेको आधुनिक पुस्तकालयसम्बन्धी सिपलाई नेपालका विभिन्न सामुदायिक संघसंस्थामा सहयोग गरिरहेको बताए । उनले नेपालको पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न पाएको खुसी व्यक्त गरे ।

प्रकाशित : आश्विन २५, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?