कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश मिश्र ओशो तपोवनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले शनिबार ओशो तपोवनको भ्रमण गरेका छन् । शनिबार बिदाको अवसर पारेर सपरिवार ओशो तपोवन पुगेका प्रधानन्यायाधीश मिश्रलाई स्वामी आनन्द अरुण र ओशो संन्यासीहरुले स्वागत गरेका थिए ।

प्रधानन्यायाधीश मिश्र ओशो तपोवनमा

उनले ओशो तपोवनले १३५ ओशोका पुस्तकहरु नेपालमै छापेको ओशो साहित्यको सेटको अवलोकन गर्दै केही पुस्तकहरु पनि किनेका थिए ।


प्रधानन्यायाधीश मिश्रले क्यालेण्डर तथा तपोवनद्वारा प्रकाशित ओशोको ‘रि–इन्कारनेशन, कर्म एण्ड डेस्टिनी’ पुस्तकको विमोचन पनि गरे । उनले ओशो तपोवनमा सबै धर्मका मानिसहरु ध्यान सिक्न आउनुले सामाजिक सद्भाव र समन्वयको माहोल बनेको उल्लेख गरे । मिश्रले ओशो तपोवनको भ्रमणले आफूलाई शान्ति मिलेको बताए ।


विमोचनका अवसरमा ओशो तपोवनको ध्यान कक्षमा नेपाल र विश्वका विभिन्न राष्ट्रबाट आएका १९५ शिविरार्थीहरुको उपस्थिति थियो ।


प्रकाशित : आश्विन २७, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?