कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

रासस

भादगाउँ — मध्यपुरथिमि–१ स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुंगेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको सामान क्षति भएको हो ।

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । साेही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आएका ढुंगेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो,' उनले भने ।


आगलागीबाट करीब १० तोला सुन, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए । करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?