कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुको दाह्रासहित ६ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — वन्यजन्तुको दाह्रासहित ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी, नारायणटारबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) ७ थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दोलखा गौरीशंकर गाउँपालिका ९ बस्ने वर्ष २८ को नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाउँपालिका १ बस्ने वर्ष ३८ को देवलाल मोक्तान, बकैया गाउँपालिका १२ बस्ने वर्ष २७ का दिपक लामा, वर्ष ४० को गोकुल घले छन् ।


यस्तै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका २ बस्ने वर्ष ३२ को रवि लामा र नुवाकोट साविक मनकामना गाविस १ बस्ने वर्ष २८ को सुब्बा तामाङ पक्राउ परेका छन् । । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध गरेको आरोप लागेको छ ।


पक्राउ परेकाहरुलाई कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाण्डौमा बुझाएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिइएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?