१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

निजामती अस्पतालमा आकस्मिक अवस्थामा जीवनरक्षाको प्रशिक्षण शिविर

काठमाडौँ — 'हेल्थ एण्ड अवेयनेस नेक्स्ट टु योर डोर' (ह्याण्डस), नेपालले शनिबार मिनभवनस्थित निजामती कर्मचारी अस्पतालमा आकस्मिक अवस्थामा सबैका लागि उपयुक्त बेसिक लाइफ सपोर्ट प्रशिक्षण शिविर आयोजना गरेको थियो ।

निजामती अस्पतालमा आकस्मिक अवस्थामा जीवनरक्षाको प्रशिक्षण शिविर

प्रशिक्षण शिविरमा ४० जना सहभागीले आकस्मिक स्वास्थ्य स्थितिमा कसैको जीवनरक्षा गर्नुपर्ने अवस्थामा आवस्यक हुने सीप सिकेका थिए । सहभागीलाई निजामती अस्पतालका एनेस्थेसिया विभागका प्रमुख डा. अनुजजंग रायमाजी र रेसिडेन्ट डा. उदय दिवाकरले प्रशिक्षण दिएका थिए ।


सहभागीलाई कोही बेहोस भएमा, स्वास-प्रस्वास बन्द भएमा के गर्न सकिन्छ भनेर प्रशिक्षण दिइएको ह्याण्डस, नेपालका प्रदीप शर्माले जानकारी दिए । उनले यो प्रशिक्षणलाई आगामी दिनमा विभिन्न कलेज तथा निजि तथा सरकारी कार्यालयहरु पनि दिने योजना रहेको बताए ।


ह्याण्डस नेपालले विकट स्थानमा पुगेर स्वास्थ्य शिविर संचालन गर्नुका साथै विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी तालिमहरु प्रदान गर्ने गरेको छ ।

प्रकाशित : मंसिर २, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?