कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेरा खोज्ने बहानामा हत्या

काठमाडौँ — टोखामा डेरा खोज्ने बहानामा आएका ४ जनाले एक महिलाको हत्या गरेको खुलेको छ । आइतबार साँझ मुगु टोरु गाउँपालिकाकी २३ वर्षीया अजिता मल्ल शाहीलाई डेरा खोज्ने बहानामा आएकाहरुले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

डेरा खोज्ने बहानामा हत्या

हत्यामा संलग्न चारै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।


महानगरीय प्रहरी वृत्त महाराजगन्ज र अपराध महाशाखाको टोलीले सोमबार दिउँसो १ बजे उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा २४ वर्षीया विष्णुमाया मल्ल, २६ वर्षीया भगवती मल्ल, २३ वर्षीया रिता केसी र २१ वर्षीया गण्डिपराज मल्ल छन् ।

उनीहरूले अपराध स्वीकार गरिसकेको वृत्तका डिएसपी खगेन्द्र प्रसाईँले बताए । ‘घाँटी थिचेर हत्या गरेको उनीहरूले स्वीकार गरिसकेका छन् । श्रीमान्‌ले सौता हालेको रिसमा कान्छी श्रीमतीलाई भाइ बहिनीसँग मिलेर हत्या गरेको देखिन्छ,’ प्रसाईँले भने ।


प्रहरीका अनुसार कोठा खोज्ने बहानामा आइतबार ४ बजे आसपास अजिताको कोठैमा पुगेर ४ जना मिली हत्या गरेका उनीहरूले कबुलेका छन् । अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइतबार साँझ ४ बजे प्रहरीले जानकारी पाए लगत्तै अनुसन्धान थालेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहँदै हत्यारा पक्राउ परिसकेको बताए ।


उनले भने,‘अजिताका श्रीमान् मुगु गएको मौका छोपी हत्या भएको छ । विष्णुमाया पहिलो श्रीमती हुँदाहुँदै अजितालाई कान्छी ल्याएको र घर परिवार बाल बच्चा नहेर्ने गरेको रिसमा हत्या भएको देखिन्छ ।’ उनका श्रीमान् एक गैर सरकारी संस्थामा काम गर्ने गर्थे । पक्राउ पर्ने मध्ये भगवती विष्णुमायाकी दिदी हुन् भने गन्दिपराज भाइ हुन् ।

प्रकाशित : पुस २, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?