१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
समाचार

News

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् । 

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

कुटपिट र तोडफोडपछि केएमसीका डाक्टरहरु त्रसित

डा. विनिता प्रधान अचेल बिरामीको उपचार गर्न डराउँछिन् । आकस्मिक कक्षमा पुग्दा उनका खुट्टा काँप्छन् । हुलमुलमा एक किसिमको असुरक्षाको भावले उनी असिनपसिन हुन्छिन् ।

कुटपिट र तोडफोडपछि केएमसीका डाक्टरहरु त्रसित

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयो : अध्यक्ष राई

नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि विभाजन गरेर नयाँ पार्टी बनाउनैपर्ने अवस्था बनेको बताएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद् सचिवालयमा बुझाउन सोमवार अपरान्ह सिंहदरवार पुगेका उनले पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने निष्कर्षमा पुगेको बताए । 

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयो : अध्यक्ष राई

गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना

गण्डकी प्रदेश सभामा सभामुखले असंवैधानिक कार्य गरेको भन्दै नेपाली कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सभामा सभामुखले असंवैधानिक कार्य गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन् ।

गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कार्यप्रति कांग्रेसको निन्दा र भर्त्सना

अदालतको अवहेलना मुद्दा : 'फेक अडियो' प्रकरणमा जोडिएका ३ जनाकै बयान सकियो

सर्वोच्च अदालतले फेक अडियो प्रकरणमा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल,  कार्यकारी सम्पादक नविन ढुंगाना र अडियो रेकर्ड गर्ने भनिएका राजकुमार तिमिल्सिनाको बयान सकेको छ ।

अदालतको अवहेलना मुद्दा : 'फेक अडियो' प्रकरणमा जोडिएका ३ जनाकै बयान सकियो

एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'

नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।

एमाले नेता,कार्यकर्तालाई वामदेवको अनुरोध : 'मलाई छिटो एमालेमा ल्याउन ओलीलाई भन्नुहोस्'

रास्वपाका मन्त्रीहरूद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आफूहरूको सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेका छन् ।

रास्वपाका मन्त्रीहरूद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई पत्राचार

अर्को समीकरण बनाउन लागेको चर्चा निराधार : नेकपा एस

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको दाबी गरेको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गरेको छ ।

अर्को समीकरण बनाउन लागेको चर्चा निराधार : नेकपा एस

अपाङ्गता भएका व्यक्तिहरुको माग पूरा गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको माग पूरा गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थप

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थप

अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको 'जनता समाजवादी पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ ।

अशोक राई नेतृत्वको 'जसपा' निर्वाचन आयोगमा दर्ता

कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

कान्तिपुर दैनिकका संवाददाता तृप्ति शाही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । सोमबार नवौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार शाहीसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट पुरस्कृत गरेको हो ।

कान्तिपुरकर्मी शाहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने जसपाको निष्कर्ष

जनता समाजवादी पार्टीले संसद्को अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गर्दै सबैलाई आफ्नो पदीय जिम्मेवारीमा फर्कन अनुरोध गरेका छ ।  अशोक राई नेतृत्वका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । अहिले उक्त निवेदनको अर्थ नरहने भन्दै जसपाले यसबारे कुनै भ्रममा नपर्ने आग्रह गरेको छ । 

अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने जसपाको निष्कर्ष

प्रधानमन्त्रीले भने : सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान खोज्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीले भने : सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान खोज्नुहोस्

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धारका लागि काम गरिरहेको छु : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको बताएका छन् । रुसको सेनामा कार्यरत नेपालीको संख्या, उनीहरुको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र उनले नेपाल सरकारले रूसी सेनामा भएका सम्झौता खारेज गरेर फिर्ता पठाइदिनपर्ने जस्ता विषयमा रुसी सरकारसँग वार्ता भइरहको उनले बताए । 

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धारका लागि काम गरिरहेको छु : परराष्ट्रमन्त्री श्रेष्ठ

समावेशी आयोगले भन्यो- 'कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी देखिएन'

राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताइन् । 

समावेशी आयोगले भन्यो- 'कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी देखिएन'

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएकाे छ । जनकपुरकाे भानुचाेकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हाैनानजिक माेटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन्  ।

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?

गत चैत १ यता डढेलो र आगलागीमा परी विभिन्न जिल्लामा ५० जनाको मृत्यु भएको छ । त्यस्तै १४९ जना घाइते भएका छन् । अर्बौं रुपैयाँबराबरको भौतिक संरचना नष्ट भएको छ । डढेलोले हजारौं हेक्टर वन क्षेत्र मात्र नभई बस्ती नै सखाप भएको छ । 

सम्भव होला हेलिकोप्टरबाट डढेलो नियन्त्रण ?

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् । वाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल गरेका हुन् ।

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय

नेपाल सरकारले १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखेर जारी गर्ने निर्णय गरेसँगै त्यसलाई लिएर देशभित्र र विदेशमा पनि चर्चा भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्न लागिएका १ सय रुपैयाँका नयाँ नोटमा नेपालको चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको थियो । भारतले भने उक्त निर्णयमाथि असन्तुष्टि जनाएको छ । 

१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय

स्वर्णलक्ष्मी सहकारीपीडितको उजुरी दर्ता, एक अर्ब फिर्ताको माग

प्रहरी वृत्त कालिमाटीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितको उजुरी दर्ता गरेको छ । वृत्तले शुक्रबार ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । सहकारीका ५ सय २८ जना पीडितले करिब एक अर्ब रुपैयाँ बचत फिर्ताको माग गर्दै गरेको उजुरीका आवेदन गत आइतबार नै प्रहरीले संकलन गरे पनि वाग्मती प्रदेश कार्यालयबाट थप विवरण प्राप्त नभएको भन्दै दर्ता गरेको थिएन ।

स्वर्णलक्ष्मी सहकारीपीडितको उजुरी दर्ता, एक अर्ब फिर्ताको माग

मिटरब्याजपीडित कोही जेलमा, कोही फरार

सिरहाको औरही गाउँपालिका–४ इटाटारका ६१ वर्षीय कपिलदेव यादव मंसिरयता घरमा छैनन् । उनी कहाँ छन् भन्नेबारे परिवारकै सदस्य पनि खुलेर बोल्न डराउँछन् । उनलाई बुढेसकालमा घर छोडेर भाग्नुपर्ने आपत् मिटरब्याजका कारण आइपरेको हो ।

मिटरब्याजपीडित कोही जेलमा, कोही फरार

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् । 

प्रधानमन्त्री बन्ने दौडमा रहेका उपेन्द्रको उपप्रधानमन्त्री पद संकटमा

आगलागी बढ्दै, छैन दमकल

रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साँझ मात्र आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी बढ्दै, छैन दमकल

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता

नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी जापानी विदेशमन्त्री योको कामीकावा स्वदेश फर्केकी छन् । उनले आर्थिक विकासमा नेपालले राखेको लक्ष्य पूरा गर्न जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । 

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता