कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरालाई साझा पुरस्कार

काठमाडौ — साहित्यकार गौरा प्रसाईंले २०६८ का लागि साझा पुरस्कार पाउने भएकी छन् । साझा प्रकाशनले शनिबार उनको 'मेरा जीवनका पाना' आत्मसंस्मरण कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कारको राशी ५१ हजार रुपैँयाको छ ।


२०६८ भरि प्रकाशीत कृतिमध्ये गौराको कृति सर्वोत्कृष्ट छनोट भएको साझाकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले बताइन् । साझाले २०२६ देखि साझा पुरस्कार प्रदान गरिदै आएको छ । साझाको संचालक समितिले बनाएको पाँच जनाको मुल्यांकन समितिले गौराको कृति उत्कृष्ट ठहर गरेको हो । एमाले नेतृ समेत रहेकी गौराले आफू कम्युनिष्ट राजनीतिमा प्रभावित भएको बेलोदेखि सशस्त्र झापा आन्दोलन, भुमिगत राजनीति, जेल जीवन, प्रेम, विवाह लगायतका विभिन्न मोडलाई कृतिमा समेटेकी छन् । भुमिगत छँदा भारतीय कोठीमा बेचिएकी सन्दर्भ समेत उनले कृतिमा उतारेकी छन् ।
गौराको कृति 'निकै राम्रो' दावी गर्दै पुरस्कृत गरिएको निर्णायक मण्डलका एक सदस्य श्रवण मुकारुङले बताए । राजनीतिक कामको शिलशिलामा राजधानी बाहिर रहेकी गौराले पुरस्कृत भएको थाहा पाएपछि निकै खुशी लागेको प्रतिक्रिया दिइन् । धेरै सम्मान पाए पनि यो पुरस्कार उनका लागि जीवनकै पहिलो र महत्वपुर्ण रहेको उनले बताइन् । 'यो नै पहिलो पुरस्कार हो' उनले भनिन् 'अब छिटै अरु कृति निकाल्ने जाँगर पलाएको छ ।' विराटनगरमा माघ १२ देखि २१ सम्म गरिन लागेको बृहत पुस्तक प्रदर्शनी पछि गौरालाई पुरस्कार हस्तान्तरण गर्ने योजना रहेको साझा संचालक समितिका सदस्य अनिल पौडेलले जनाए ।

प्रकाशित : पुस २१, २०६९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?