कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

खुला दिसामुक्त घोषणामा दलीय विवाद

दीपेन्द्र विष्ट

साततला -दैलेख — राजनीतिक दलको विवादका कारण तीन वर्षदेखि दैलेखको साततला खुला दिसामुक्त हुन सकेको छैन ।

स्थानीयस्तरमा कर्मचारी राख्ने विषयमा एमाले र कांगे्रसबीच विवादले घोषणामा ढिलाइ भएको हो ।
आपसी विवादकै कारण अन्तर्राष्ट्रिय दातृ निकाय लुथरन फेडरेसनले पनि स्थानीय गैरसकारी संस्थालाई दिंदै आएको सहयोग बन्द गरेको छ । स्थानीय संस्था 'महिला सशक्तीकरण' ले साततलामा खुला दिसामुक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
कांगे्रसले उक्त संस्था एमालेद्वारा सञ्चालित र सामाजिक परिचालक पनि आफू नजिकका राखेको आरोप लगाएको छ । साततला गाविसका कांगे्रस प्रतिनिधि रामसिंह थापाले सम्पूर्ण कार्यक्रम एमालेले एकलौटी गरेको आरोप लगाए । 'सल्ल्ााह नै नगरी धेरै काम भए, पारदर्शिता भएन, त्यसको विरोध गरेका हौं, विकासविरोधी होइनौं,' उनले भने । गाविस पूर्वअध्यक्ष एवं एमाले प्रतिनिधि वीरबहादुर थापाले कांगे्रसले विवाद झिक्दा समयमै काम हुन नसकेको बताए ।

प्रकाशित : पुस १७, २०७० १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?