कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र बंगलादेश फाइनलमा भिड्‌ने

दीपक परियार

लेखनाथ — पोखरामा जारी १२ औं दक्षिण एशियाली सेभेन–ए–साइड फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

नेपाल र बंगलादेश फाइनलमा भिड्‌ने

लेकसाइडको बाराहीघाट खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा पाकिस्तानलाई ४–१ ले हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालको जितमा विनोद गुरुङले १५ औं, ४१ औं र ४३ औं मिनेटमा गोल गर्दै हयाट्रिक पूरा गरे । सुनील विकले ३३ औं मिनेटमा एक गोल थपे । रहिम अर्मानले १९ औं मिनेटमा पाकिस्तानका लागि एक गोल गरे ।

मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्‍यो । निर्धारित समय र थपिएको १० मिनेटमा पनि खेल गोलरहित बराबरीमा पुगेपछि टाइब्रेकरबाट निर्णय गरिएको हो । बंगलादेशका उज्जल खान, साजिब र तुहिनले गोल गरे । भुटानका लागि राकेश र साम्पोले एक–एक गोल गरे ।

नेपाल र बंगलादेश बीचको फाइनल खेल माघ ४ मा हुने आयोजक नेपाल सेभेन–ए–साइड फुटबल महासंघका महासचिव डिबी नेपालीले बताए ।



१२औं दक्षिण एशियाली सेभेन–ए–साइड फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पाकिस्तानविरुद्ध गोल गर्दै नेपाली खेलाडी (रातो जर्सी) । तस्बिर : दीपक परियार/कान्तिपुर



प्रकाशित : माघ २, २०७४ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?