कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

ओमन नेपालसँग पर्यटन सम्झौता गर्न तयार

काठमाडौँ — ओमनका पर्यटन मन्त्री अहमिद विन नासिर विन हमिद अल महरिजीले नेपालको पर्यटन बिकास र आपसी सहकार्यको लागि द्विपक्षीय सम्झौता गर्न ओमन तयार रहेका वताएका छन् । 

ओमन नेपालसँग पर्यटन सम्झौता गर्न तयार

ओमनका लागि नेपाली राजदूत समिला पराजुली ढकालसँग बुधवार भएको द्धिपक्षीय भेटमा मन्त्री महरिजीले यस्तो वताएका हुन् ।


‘दुवै देशको पर्यटन उद्योगको विकास र द्विपक्षीय सहकार्यका लागि पर्यटन सम्झौता गर्न तयार छौं,’ मन्त्री महरिजीको भनाई उदृत गर्दै राजदूत ढकालले भनिन्,‘यसवाट जनताको तहसम्म सम्बन्ध बिकास, सस्कृति साटासाट, पर्यटन कलेज र अध्ययन संस्थानहरुको बिकास गर्न सकिन्छ ।’


मन्त्री महरिजीले नेपालीको सामाजीक आर्थिक बिकासको लागि ओमनी सहयोग र सहकार्य गर्न सधै तयार रहेको वताए । राजदूत ढकालले द्विपक्षीय सहकार्यबाट दुवै देशको पर्यटन उद्योगलाई अगाडि बढाउन सकिनेमा जोड दिएकी वताएकी थिइन् ।


प्रकाशित : माघ १८, २०७४ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?