कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डढेलो निभाउँदा एकको ज्यान गयो

धनकुटा — धनकुटाको सहिदभूमी गाउँपालिका-२ इलामेको थालाखाम सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा शुक्रबार एक स्थानीयवासीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बेनुप्रसाद छारा रहेको प्रहरीले जनाएको छ । आगोले जलेर सख्त घाइते भएका छारालाई उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जनाइएको छ । आगलागीबाट उनको घर गोठ समेत जलेर नष्ट भएको छ ।


जिल्लामा पछिल्लो दुई सातामा दर्जनौ सामुदायिक वनमा डढेलो लाग्दा सयौं हेक्टर अमुल्य वनस्पति नष्ट भएको सामुदायिक वन उपभोक्ता महासंघ स्रोतले जनाएको छ । यस्तै वनमा लागेको डढेलो वस्तिमा सल्कँदा उक्त अवधिमा करिब एक दर्जन घर जलिसकेका छन् ।

प्रकाशित : चैत्र ९, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?