कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा पाइप

रासस

काठमाडौँ — मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किलोमिटर (किमि) सडकमा पाइप बिच्छ्याइएको छ । पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ ।

मेलम्चीको पानी वितरण गर्न ६८४ किमि सडकमा पाइप

डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।


यसैगरी थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६९ किमिमा पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।


पाइप ओच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । आठ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ । आठ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।


सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्रा क्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ । असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रुका लागि जेब्रा क्रसिङ पनि बनिसक्नेछ ।

प्रकाशित : वैशाख ७, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?