कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा नदी दोहन बढ्दै 

कारबाही स्वरुप लिइने जरिवाना सामान्य हुँदा नदीजन्य पदार्थको चोरी निकासीमा उत्साहित देखिएको प्रहरीको भनाई छ ।
प्रतिक्षा काफ्ले

स्याङजा — अवैध रुपमा नदीजन्य पदार्थको दोहन गर्ने क्रम बढ्दो छ । प्रहरीले अवैध रुपमा नदी दोहन गर्ने सवारीसहित व्यक्ति पक्राउ गरी जिल्ला समन्वय समितिमा बुझाउँछ । समितिमा जरिवाना तिर्नुपर्ने भएपनि चोरी निकासी गर्नेहरु निरुत्साहित नभई उत्साहित रुपमा देखिने गरेको प्रहरीको भनाई छ ।

अवैध रुपमा नदी दोहन बढ्दै 

समन्वय समितिद्वारा गरिने कारबाही र लिइने राजस्व न्युन रकम भएकाले पनि अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्न उत्साहित हुने गरेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटा बताउँछन् ।


स्थानीयले खबर गरेपछि सवारीसहित व्यक्ति नै पक्राउ गरेपनि प्रहरीलाई कारबाही गर्ने अधिकार नभएकाले चोरी गर्ने व्यक्ति प्रहरीसँग नडराउने उनले बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा गिट्टि, वालुवा उठाउन लागेको अवस्थामा पुतलीबजार नगरपालिका–९ स्थित लामागे लगायतका विभिन्न स्थानबाट नदीजन्य पदार्थसहित ७ वटा ट्रायाक्टर नियन्त्रणमा लिएको छ ।


प्रहरीले ग १ त ३६३४, ग १ त ४९९४, ग १ त ४३३८, ग १ त ४०६७, ग १ त ३३८०, ग १ त ४०२३ र ग १ त ३५०२ नम्बरका ट्रायाक्टरलाई नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला समन्वय समितिमा बुझाएको छ ।


प्रहरीका अनुसार ग १ त ४०६७ नम्बरको ट्रायाक्टरले जिससको बिल काटेको भन्दै जरिवना तिर्नुपरेन भने ग १ त ३३८० नम्बरको ट्रायाक्टरको व्यक्ति सम्पर्कमा आएका छैनन् । अन्य ५ वटा ट्रायाक्टरलाई भने मंगलबार न्यून (८ हजार रुपैयाँ) जरिवानामा छाडिएको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?