ढुंगासहित ट्रयाक्टर नियन्त्रणमा
मोरङ — सुन्दरहरैंचास्थित गछिया खोलामा अवैध रुपमा ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी गछियाले को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
तीन वटै ट्रयाक्टरका चालक र ढुंगा लोड गर्ने कामदारहरुलाई प्रहरीले भगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
ट्रयाक्टर सञ्चालकसँग गछिया प्रहरीले अबैध रुपमा रकम लिएर चालक र कामदारहरुलाई उन्मुक्ति दिएको स्थानीयले गुनासो पोखे ।
गछिया प्रहरीले भने चालक र कामदार प्रहरी टोली देख्ने बित्तिकै फरार भएको दावी गरेको छ ।
नियन्त्रणमा लिएको तीन वटै ट्रायाक्टर कारबाहीका लागि जिल्ला समन्वय समिति मोरङमा पठाएको प्रहरीले जनायो ।
प्रकाशित : असार ७, २०७५ १८:२८प्रतिक्रिया