कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोरमाडौं बन्दै काठमाडौं 

विद्या राई

काठमाडौँ — उपत्यकाको फोहोर एक महिनादेखि उठाउन छाडेपछि सडक, चोक तथा गल्लीहरुमा फोहोरको डंगुर, दुर्गन्ध र फोहोरमैला बढेको छ । फोहोर फाल्न नहुने भनि सूचना टाँसिएकै स्थानमा घर, पसल र व्यवसायबाट निस्कने फोहोर असरल्ल फ्यालिएको छन् ।

फोहोरमाडौं बन्दै काठमाडौं 

दुर्गन्धले पैदलयात्री, विद्यार्थी, जेष्ठ नागरिक, अपांग, असहाय, महिला तथा बालबालिकाहरु समस्यामा परेका छन् । सवारीसाधनहरु फोहोरमा फस्ने गरेका छन् ।


फोहोरको चाप यसैगरी बढ्दै जाने हो भने उपत्यकामा झाडापखाला, भाइरलको संक्रमण चाँडै फलने स्वास्थ्य बिशेषज्ञहरु बताउँछन् । यसले उपत्यकाको वातावरणमा प्रत्यक्ष असर पार्छ ।


फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलमा बाटो बिग्रेका कारण फोहोर उठाउन नसकेको महानगरले बताएको छ । सिसडोलमा काठमाडौ‌ं, भक्तपुर, ललितपुर, बनेपाको फोहोर व्यवस्थापन गरिदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुनेगर्छ ।


दशकअघि सिसडोलमा फोहोर व्यवस्थापन गर्न तीनवर्षका लागि सम्झौता गरेको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहोर थुपार्दै आएकाले ल्याण्डफिलको क्षमता पनि भरिएको छ । दशक बितिसक्दा पनि विकल्प नखोज्दा अहिले व्यवस्थापन समस्या भएको छ ।

काठमाडौ महानगरपालिका र नीजि क्षेत्रले सहकार्य गरेर फोहोर उठाउदै आएका छन् । काठमाडौंमा ३५ वटा निजी क्षेत्रले फोहोर उठाउने गर्छन् । उपत्यकाभरी ६५ वटा निजी क्षेत्रहरुले फोहोर उठाउँछन् ।

प्रकाशित : असार ३२, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?