कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात जुवाडे प्रहरी नियन्त्रणमा

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित एक होटलबाट सात जुवाडेलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । 

सात जुवाडे प्रहरी नियन्त्रणमा

जुवा खेलिरहेको स्थानबाट १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ नगदसहित सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरु तानसेन नगरपालिका–११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन–४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन–३ का सुशील कुँवर, तानसेन–२ का टेकनाथ न्यौपाने, तानसेन–४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका, ६ का शिव जिसी छन् ।


जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । प्रहरीले शुक्रबार उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता हुने जनाएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?