कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल यौन दुराचारीको आरोपमा स्विस नागरिक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — बालकलाई होटलमा बोलाएर यौन दुराचार गर्ने ६६ वर्षीय स्विस नागरिक पिटर क्रिश्चियन ल्यागेनड्रोफलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पिटरले १६ वर्षीय बालकलाई फेसबुक म्यासेन्जरमार्फत ललाइफकाई काठमाडौं चुच्चेपाटीमा रहेको होटलमा बोलाएर यौन दुराचार गरेका थिए ।

बाल यौन दुराचारीको आरोपमा स्विस नागरिक पक्राउ

प्रहरीका अनुसार पिटरले उक्त बालकलाई काठमाडौं र भक्तपुरका विभिन्न होटलमा समेत पुऱ्याएर यौन दुराचार गरेका थिए ।


प्रहरीको प्रारम्भिक अनुसन्धानमा पिटरले यौन दुराचारको आरोप स्वीकार गरेका छन् । भक्तपुर दरबार स्क्वायरमा रहेको वेलकम हेरिटेज ईन नामक होटलमा समेत लगानी गरेका पिटरले रसुवाको लाङटाङमा शिक्षासम्बन्धी काम गर्ने परियोजना चलाइरहेका थिए । अपराध महाशाखाका अनुसार यौन दुराचारको कुरा बाहिर नओओस् भनेर पिटरले बालकलाई विभिन्न समयमा पैसा समेत दिने गरेका थिए ।


पक्राउ परेकालाई प्रहरीले करणीअन्तर्गत मुद्दा चलाएको छ । मुलुकी ऐन जर्बजस्ती करणी महलको दफा ३ अनुसार सोह्र वर्ष भन्दा कम उमेरकालाई करणी गरेमा ६ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


प्रकाशित : श्रावण ४, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?