कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर वृद्धिबारे कांग्रेसको टिप्पणी- 'संघीय सरकारको उदासिनता झनै दुःखद्'

संहितामा संशोधन र सुधार गर्दै जानुपर्नेमा जोड

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले स्थानीय तहमा नागरिकको ढाड सेक्ने गरी कर बढाइएको भन्दै तत्काल समाधानको पहल गर्न संघीय सरकारसँग माग गरेको छ । मूल्य वृद्धिको भारमा रहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको भन्दै कांग्रेसले नागरिकको पीडामा संघीय सरकार उदासिन रहेको समेत आरोप लगाएको छ । 

कर वृद्धिबारे कांग्रेसको टिप्पणी- 'संघीय सरकारको उदासिनता झनै दुःखद्'

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'नागरिकको यो पीडा जति गम्भीर छ, संघीय सरकारको यसप्रतिको उदासिनता झनै दुःखद् छ ।' उनले नागरिकले कर तिर्नुपर्ने भए पनि करको न्यायोचित र व्यवहारिक पक्ष बिर्सन नमिल्ने भन्दै तत्कालै उचित समाधानको पहल गर्न संघीय सरकारलाई सचेत गराएका छन् ।


पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यही भदौ १ बाट लागू भएको मुलुकी ऐन अभ्यासमा आउनुपूर्व नै केही कमजोर प्रावधानलाई संशोधन नगरी अघि बढ्नुमा गम्भीर त्रुटी भएको समेत बताए । उनले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानहरुमा संशोधन र सुधारको आवश्यकता कांग्रेसको गरेको जनाए ।


त्यसैगरी चिकित्सकहरुको पेसागत मर्यादा एवं राज्यको प्रहरी प्रशासनलाई अपराध अनुसन्धानमा पर्न सक्ने असर र पेसा व्यवसायको स्वतन्त्रतालाई प्रभावित गर्ने विषयमा पनि कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । प्रवक्ता शर्माले सरोकारवाला पक्षसँगको संवादमार्फत संहितामा संशोधन र सुधार गर्दै जानुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको समेत जनाए ।

प्रकाशित : भाद्र ३, २०७५ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?