कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

अर्जुन शाह

धनगढी — प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलवार प्रतिवेदन बुझाएको छ । सभामुख अर्जुनबहादुर थापासमक्ष समितिले आफ्नो प्रतिवेदन बुझाएको हो ।

नामांकन र स्थायी राजधानी तोक्न गठित सुझाव समितिले प्रतिवेदन बुझायो 

सुझावको गरिएको नाम र स्थायी राजधानी भने गोप्य राखिएको छ । सभामुख थापाले प्रतिवेदन बुझ्दै चाँडै प्रदेशसभामा छलफल गराउने बताए ।


नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा गठित समितिमा चुनकुमारी चौधरी, बलदेव रेग्मी, श्यामलाल राना र प्रेमप्रकाश भट्ट सदस्य थिए । साउन १४ गते गठित उक्त समितिलाई सुरुमा एक साताको म्याद दिइएको भए पनि पछि दुई पटक म्याद थप गरिएको थियो ।


प्रकाशित : भाद्र ५, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?