कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन 

बजारलाई छाडा छाड्नु हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं : आपूर्तिमन्त्री यादव
राजु चौधरी

काठमाडौँ — आपूर्ति मन्त्रालयले तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन गरेको छ । मंगलबार आपूर्तिमन्त्री मातृका यादव, काठमाडौ प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन, कृषि मन्त्रालयका अधिकारीलगायतको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको हो । 

तरकारीमा हुने बिचौलियाको तह घटाउन कार्यदल गठन 

आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित कायदलले ५ दिनभित्र प्रतिवेदन पेस गर्ने जनाएको छ । ‘बजारलाई कुनै पनि हालतमा छाडा छाड्नु हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं,’ मन्त्री यादवले भने, ‘कमिटीले ५ दिनभित्र प्रतिवेदन पेस गर्छ । त्यसपश्चात् कडा कदम चाल्छौं ।’ बजारमा गडबढ गर्नेलाई कानुनी दायरामा ल्याइने उनले बताए ।


कमिटीमा काठमाडौं प्रमुख जिल्ला अधिकारी, प्रहरी, आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचन र कृषि मन्त्रालयका अधिकारीहरु सदस्य रहने जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार कार्यदलले बिचौलिया पहिचान गरी समस्या समाधान गर्नेछ । व्यवसायीलाई कानुनी फर्मको दायरामा ल्याइने बताए । ‘बिचौलियले किसानलाई शोषण गरेको छ,’ उनले भने, ‘अध्ययन गरेर विभिन्न तह घटाउँछौं ।’

प्रकाशित : भाद्र ५, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?