कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सात महिनामै संघीयताको निष्कर्ष नखोजौं’

रूपन्देही — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयता राजनीतिक रूपले मात्र स्थापित भएकाले कानुनी र प्रशासनिक ढंगले स्थापित हुन समय लाग्ने बताएका छन् ।

‘सात महिनामै संघीयताको निष्कर्ष नखोजौं’

राजनीतिक परिवर्तनको परिणाम छिटो देखिने भए पनि मानसिकता र सामाजिक मनोविज्ञान परिवर्तन हुन समय लाग्ने भएकाले अहिले संघीयताको परिणाम नदेखिएको उनले बताए ।


एक अनलाइनको मंगलबार बुटवलमा प्रदेश स्तरीय कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले २ सय ५० वर्ष पुरानो व्यवस्थालाई अहिलेको सातमहिने संघीयतासँग दाँजेर नहेर्न सुझाव दिए । ‘हिजो हामीले २ सय ५० वर्ष सहजै स्वीकायौं,’ उनले भने, ‘तर, संघीयताको निष्कर्ष सात महिनामै खोज्दै छौं, जुन तत्काल सम्भव नै छैन ।’


संघीयता कार्यान्वयन हुन हिजोको सामाजिक मनोविज्ञान परिवर्तन गर्न उनले आग्रह गरे । तीन तहकै सरकारले संघीयता कार्यान्वयनका लागि शून्यबाट काम गरिरहेकाले तीन वर्षमा पूर्ण परिणाम देखिने उनले बताए ।


संविधान जारी हुनुपुर्व तीन प्रतिशतमा रहेको आर्थिक वृद्धिदर अहिले ६ प्रतिशतमा पुगेको, आगामी वर्ष आठ र तीन वर्षमा दोहोरो अंकमा पुग्ने उनले दाबी गरे । समाजमा हुने सबै खाले अपराधलाई सरकारसँग जोडेर विरोध गर्न नहुने तर्क उनको थियो । ‘त्यही समाज अपराधी लुकाउँछ,’ उनले भने, ‘अनि न्याय राज्यसँग खोज्ने र राज्यलाई दोषी गराउने काम भइरहेको छ ।’


समाजका विकृति अन्त्य गर्ने र अपराधी खोज्ने काम समाजको पनि भएको उनको तर्क थियो । मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिलाई साझा एजेन्डा बनाउन पनि आग्रह गरे ।


कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को पत्रकारिताले राष्ट्रकै नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए ।



प्रकाशित : आश्विन २, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?