सरकारमा जाने सम्भावना अन्त्य भयो : महतो

धनगढी — राजपाका नेता राजेन्द्र महतोले सरकारमा जाने सम्भावना अन्त्य भएको बताएका छन् । टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा चलाइएकालाई मुक्त नगरिएको सरकारमा जाने सम्भावना अन्त्य भएको उनको भनाइ छ ।

सरकारमा जाने सम्भावना अन्त्य भयो : महतो

‘टीकापुर घटना राजनीतिक हो,’ उनले भने, ‘माओवादी द्वन्द्वमा १७ हजार मर्दा केही नहुने तर टीकापुर घटनालाई राजनीतिक नमान्ने ?’ सरकारमा जानेभन्दा पनि अब सडकमा उत्रने उनले बताए ।


संविधान दिवसको विरोध गर्न धनगढी आएका महतो सहित अनिल झाले रेशम चौधरी लगायत सबै आरोपितलाई तत्काल रिहा गर्नुपर्ने बताए ।

सरकारले रेशम चौधरीलाई तत्काल संसदमा शपथ गर्ने व्यवस्था तथा रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिए ।

महतो, अनिल झा र प्रदेशसभा सदस्य मालमती रानाले कैलाली जिल्ला कारागारमा रहेका लक्ष्मण थारु लगायतले बुधबार टीकापुर घटनाका आरोपितहरुलाई कारागारभित्रै गएर ४५ मिनेट भेटघाट गरेका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?