कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युके डान्स अफको उपाधि रजनीलाई

कान्तिपुर संवाददाता

लन्डन — बेलायतमा आयोजित नृत्य प्रतियोगिता ‘युके डान्स अफ २०१८’को उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटस्थित प्रिन्सेस हलमा सप्ताहन्त सम्पन्न तेस्रो प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिनेर रजनीले उपाधि जितेकी हुन् । पब्लिक भोट पनि उनका पक्षमा अत्यधिक थियो ।

युके डान्स अफको उपाधि रजनीलाई

विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई एवं मञ्जु गुरुङले १२ सय पाउन्ड नगद, प्रमाणपत्र र मेडल प्रदान गरे ।


प्रतियोगितामा बेनुका लिम्बू दोस्रो र सिर्जना रायमाझी तेस्रो भए । प्रतियोगीले ‘स्वदेशको झल्को’ अन्तर्गत पहिलो चरणमा नेपाली गीतमा मात्र नृत्य गरे भने दोस्रो चरणमा ‘क्याच द रिदम’ मा आफ्नो इच्छाको गीतमा नृत्य गरेका थिए ।


प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्वविजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने पहिलो नेपाल आइडल बुद्ध लामा अतिथि निर्णायक थिए ।


सपन इन्टरटेनमेण्ट लिमिटेडको आयोजनामा भएको समारोहमा शुभकामना दिँदै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले प्रवासमा नेपालीहरुले एकताको सन्देश फैलाउनु पर्नेमा जोड दिए । उनले नेपाली कला संस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न सबैलाई अपिल गरे ।


गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतस्थित युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग गर्ने बताए ।


तस्बिर : सौजन्य शंकर श्रेष्ठ

प्रकाशित : कार्तिक १, २०७५ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?