कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालगृहमा मेयरको दसैं

कान्तिपुर संवाददाता

उर्लाबारी — मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूले  विजयदशमी मनाएका छन् । बालगृहका बालबालिकाहरूलाई उर्लाबारी नगरपालिकाका  मेयर खड्ग फागोले टीका,जमरा लगाउँदै दक्षिणा दिएका थिए ।

बालगृहमा मेयरको दसैं

बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दसैं मनाएको मेयर फागोले बताए ।


विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले बताइन् । २०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन् ।



प्रकाशित : कार्तिक २, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?