१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

आयोगले कालोसूची निकाल्ने

लमजुङ — राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वका क्रममा मानवअधिकार उल्लंघन गर्नेको कालोसूची निकाल्ने तयारी गरेको छ ।

आयोगले कालोसूची निकाल्ने

मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही गर्न सिफारिस गरे पनि सरकारी पक्षबाट काम अघि नबढाइएको आयोगको भनाइ छ । एक महिनाभित्र सरकारले आवश्यक कदम नचाले कालोसूची सार्वजनिक गर्नुको विकल्प नभएको आयोगले जनायो ।


आयोगका प्रवक्ता मोहना अन्सारीले सिफारिस भएका व्यक्तिलाई कारबाही गर्न सरकार डराएको बताइन् । द्वन्द्वमा बेपत्ता ‘तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार’ वितरण कार्यक्रममा उनले भनिन्, ‘हामीसँग १५ हजार उजुरी रहेकामा टुंग्याउन बाँकी ५ हजार छन् । तर, कारबाहीका लागि हामीले सिफारिस गरेकालाई सरकारले कुनै वास्ता गरेन ।’


सरकारको नेतृत्व गर्ने भूमिकामा कुनै न कुनै दल रहेको भन्दै आयोगले हालसम्म सरकारबाट कुनै जवाफ नपाएको बताइन् । ‘सुरक्षा निकायसँग पनि प्रश्न गरेका छौं । चित्तबुझो जवाफ छैन’, उनले भनिन् ।


प्रकाशित : पुस १७, २०७४ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?