कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठ्याग्रिंएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुग्यो, रौतहटमा ३ जनाको ज्यान गयो

राजविराज, रौतहट — जाडोसँगै चलेको शितलहरीले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
बिहीबार र शुक्रबार गरी थप ३ जनाको मृत्यु भएपछि जाडोका कारण जिल्लामा मृत्यु हुनेको संख्या ६ पुगेको हो । प्रहरीका अनुसार महदेवा गाउँपालिका-२ अकबरपुरका ५८ वर्षीय सुकदेव यादवको शुक्रबार बिहान घर नजिक नहर किनारमा शौच गर्ने क्रममा कठ्यांग्रिएर मृत्यु भएको छ ।

कठ्याग्रिंएर सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुग्यो, रौतहटमा ३ जनाको ज्यान गयो

यस्तै सदरमुकाम राजविराज नगरपालिकामा पनि २ जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका-१० झल्हीकी ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका-२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडाध्यक्ष अरुण यादवले जानकारी दिए ।


यसअघि जाडोले कठयाग्रिंएर छिन्मस्ता गाउँपालिका-१ वीरपुरका ३६ वर्षीय कुलदीप राय, ३५ वर्षीय रामदयाल राम र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको थियो ।


राजविराज नगरपालिकाका मेयर शम्भू यादवले जिल्ला वन कार्यालय र नेपाली सेनासितको सबन्मयमा नगरपालिकाका वभिन्न स्थानमा आगो बाल्ने ब्यवस्था मिलाइएको बताए ।


यस्तै रौतहटको विभिन्न स्थानमा गरी पाँच दिनयता ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै विपन्न परिवार र रोजगारीको लागि रौतहट आएका मजदुर रहेका छन् ।


जाडोले कठयाङ्ग्रीएर गढीमाई नगरपालिका-४ का ५५ वर्षीय महर्जन ठाकुर हाजामा, राजदेवी नगरपालिका-७ मुडवलवाका ७५ वर्षीय अयोधीराय यादव र गढीमाई नगरपालिका-१ स्थित चिमनी भट्टामा काम गर्ने सर्लाहीका नेक महम्मद अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार हाजामको १७, यादव र अलीको १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस २१, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?