कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवा व्यवसायी पौडेल हत्याको विरोधमा रुपन्देही बन्द 

प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको एक वर्षपछि फेरि अर्का युवाको हत्या भएको युवासंघको दाबी छ ।
अमृता अनमोल

बुटवल — युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही बन्द गरिएको छ । युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् ।

युवा व्यवसायी पौडेल हत्याको विरोधमा रुपन्देही बन्द 

युवा व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा शनिबार रुपन्देही बन्द गरिएको छ ।


युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनिश्चितकालिन रुपन्देही बन्दको आहवान गरेका हुन् । बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ । चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठानसमेत खुलेका छैनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै छ ।


हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने युवासंघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए । प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको एक वर्षपछि फेरि अर्का युवाको हत्या भएको युवासंघको दाबी छ । रुपन्देहीमा यस्तै जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत पौडेल हत्याको विरोधमा विज्ञप्ती निकाली हत्याको निन्दा गरेका छन् । साथै आरोपिलाई पक्राउ गरी सर्वसाधरणलाई सुरक्षाको अनुभूति दिलाउन समेत आग्रह गरेका छन् ।


अनुसन्धान टोली गठन

यसैबीच संघीय प्रहरी इकाई कार्यालय भैरहवाले पौडेलको हत्याबारे अनुसन्धान गर्न ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ ।


घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । टोलीले आजैदेखि काम सुरु गरेको प्रहरी नायव उपरीक्षक दिल्लीनारायण पाण्डेले बताए ।


व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् ।

प्रकाशित : पुस २२, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?