कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा चिसोबाट थप ३ जनाको मृत्यु 

अवधेशकुमार झा

राजविराज — जिल्लामा जाडोका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरण गाउँपालिका-४ का ६० वर्षीय लखन ठाकुर, तिलाठी कोईलाडी गाउँपालिका-२ का ५५ वर्षीय सुजन ठाकुर र ७ का ३५ वर्षीय शिबु मण्डल छन् ।

सप्तरीमा चिसोबाट थप ३ जनाको मृत्यु 

लखन र सुजनको शनिबार मृत्यु भएको हो भने शिबुको शुक्रबार राति जाडोका कारण कठ्याग्रिंएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।


उनीहरु तीन जनाको ज्यान गएपछि सप्तरीमा जाडोका कारण कठ्याग्रिंएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । अति विपन्न परिवार न्यानो कपडाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय प्रशासनले चिसोबाट प्रभावित नागरिकलाई कुनै राहतको प्रबन्ध नगरेको भन्दै स्थानीय बासिन्दा गुनासो गरिरहेका छन् ।

प्रकाशित : पुस २२, २०७४ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?