कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा आमहड्ताल स्थगित

यातायात सुचारु

धनकुटा — धनकुटालाई प्रादेशिक राजधानीको माग राख्दै आमहड्तालमा उत्रिएका धनकुटाबासीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । विगत ६ दिनदेखि जारी आमहड्ताल स्थगित गरिएको छ ।

धनकुटामा आमहड्ताल स्थगित



विगत ६ दिनदेखि गरिदै आएको आमहड्ताल केहि दिनलाई स्थगित गरिएको आन्दोलन परिचालन समितिले जनाएको छ । कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात नियमित भएको छ । मंगलबार मध्यान्ह एक घण्टा धनकुटाको जिरो प्वाइन्ट र हिले बजारमा यातायात बन्द गरिने भएको छ । यस्तै यस अघि सांकेतिक रुपमा राजधानी घोषणा गरी सरकारी कार्यालयमा मन्त्रालयको साईनबोर्ड राखिएका ठाउँमा राष्ट्रिय झन्डा राखिने आन्दोलन परिचालन समिति स्रोतले जनाएको छ । यस्तै मशाल जुलुश, ब्ल्याक आउट, ऱ्याली लगायतका प्रदर्शनका कार्यक्रम जारी राखिने परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । सरकारले अस्थाई राजधानी घोषणा गरेर प्रदेशसभाको बैठक सम्बन्धित प्रदेशमा बस्नु पर्ने माग पनि अघि सारिएको श्रेष्ठले बताए ।


तर मन्त्रिपरिषदको बैठक बस्ने दिन आगामी बिहीबार एक दिन भने आमहड्ताल र यातायात बन्द गर्ने सोमबार साँझ बसेको बैठकले निर्णय गरेको छ । प्रदेश नं.१ को राजधानी जिल्लालाई बनाउनु पर्ने मुख्य मुद्धा बनाएका धनकुटाबासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् । पछिल्लो ६ दिनदेखि भने जिल्लामा आमहड्ताल आव्हान गरिपछि जनजीवन प्रभावित बनेको थियो ।

प्रकाशित : पुस २५, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?