कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीलाई भेट्न प्रहरी कार्यालय पुगे भट्टराई

काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई भेट्न नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी कार्यालय पुगेका छन् ।

भट्टराई मंगलबार बिहान सिंहदरवार वृत्त पुगेर केसीलाई भेटे ।

डा. केसीलाई भेट्न प्रहरी कार्यालय पुगे भट्टराई

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई भेट्न नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी कार्यालय पुगेका छन् ।


भट्टराई मंगलबार बिहान सिंहदरवार वृत्त पुगेर केसीलाई भेटे । भट्टराईले केसीको अभियानमा ऐक्यबद्धता जाहेर गर्दै अन्तिम समयसम्म साथ दिने प्रतिबद्धता जनाएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।


‘अदालतको अवहेलना’ मुद्दामा प्रहरीलाई पक्राउ गर्न फैसला गरेलगत्तै प्रहरीले केसीलाई पक्राउ गरी सिंहदरवार वृत्त पुर्‍याएको हो ।


सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।


केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।


प्रकाशित : पुस २५, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?