कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले-माओवादी बैठक : निर्वाचन र सरकार गठनका लागि ६ सदस्यीय कार्यदल गठन

काठमाडौँ — एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन र सरकार गठनका लागि ६ सदस्यीय कार्यदल गठन गरेका छन् । 

एमाले-माओवादी बैठक : निर्वाचन र सरकार गठनका लागि ६ सदस्यीय कार्यदल गठन

बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा मंगलबार बसेको दुई पार्टी सम्मिलित एकता संयोजन समिति बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमलाई उद्धृत गर्दै ओलीको सचिवालयले जनाएको छ । कार्यदलमा एमाले र माओवादीका ३/३ जना सदस्य रहेका छन् । उपाध्यक्ष गौतमका अनुसार एमालेबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव कार्यदलमा छन् ।


राष्ट्रियसभा निर्वाचन सरकारले माघ २४ गतेलाई तोकिसकेको छ ।


पार्टी एकताबारे छलफल भए पनि कुनै निर्णय नभएको उपाध्यक्ष गौतमले बताए । यसअघि आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा मंगलबारको बैठकले संगठनात्मक स्वरुप र वैचारिक राजनीतिक विषय मिलाउन कार्यदल बनाउने समझदारीमा बनेको थियो ।

समितिमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् र माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।


चुनावपछि उक्त समितिको पहिलो बैठक बसेको हो । ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्यान्ड जाँदैछन् । ओली फर्किएपछि एकतासम्बन्धी थप छलफल गरेर निष्कर्षमा पुगिने बताइएको छ ।


दुई दलबीचको एकताका लागि अहिले सबैभन्दा बढी विवाद पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । माओवादीले अध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । एमालेको तर्फबाट दाहाललाई अध्यक्ष दिने कि नदिने भन्नेमा अझै स्पष्ट धारणा आएको छैन ।


यी दुई पार्टीले गत असोजमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धन बनाउँदै चुनावलगत्तै एकता गर्ने घोषणा गरेका थिए ।

प्रकाशित : पुस २५, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?