कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ सरकारको बाटो छिटो खोल्नुपर्छ : नेता पौडेल 

बागलुङ — माओवादी नेता देवेन्द्र पौडेलले कानुनी जटिलताहरु दु्रतमार्गबाट हल गरेर नयाँ सरकारको मार्ग छिटो खोल्न सरकारलाई आग्रह गरेका छन् ।

नयाँ सरकारको बाटो छिटो खोल्नुपर्छ : नेता पौडेल 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागिरिले निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसदलाई सम्मान गरेको कार्यक्रममा पौडेलले जनताले वाम गठबन्धनको पक्षमा बहुमत दिइसकेको अवस्थामा कांग्रेसले सत्ता लिप्सा त्याग्नुपर्ने टिप्पणी पनि गरे । ‘कानुनी जटिलता भए तत्काल हल गरेर सरकारले कुर्सी छोड्नुपर्छ’ पौडेलले भने, ‘जनताले सत्ताबाट हटाए पनि सरकारमा बसिरहनु राम्रो होइन ।’ उनले निर्वाचन आयोगलाई तत्काल मतपरिणाम सार्वजनिक गर्न पनि आग्रह गरे । विकासको बाटोमा हिँड्न लागेको नेपाललाई अब कसैले अवरोध नगर्न उनले चेतावनी पनि दिए । देश अब आर्थिक विकासको बाटोमा हिँडिसकेको पनि उनको भनाइ छ ।

प्रतिष्ठानले धौलागिरिका-४ जिल्लाबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका सबै सांसदलाई सम्मान गरेको थियो । प्रतिष्ठानमा आबद्ध लोक कलाकारहरुले अब बन्ने सरकार, प्रतिनिधिसभा र प्रदेशसभाले कलाकारिताको संस्थागत विकासमा पहल गर्नुपर्ने बताएका थिए । ‘कलाकार र कलाकारिता सम्मानित हुने अवस्था सिर्जनामा ध्यानाकर्षणका लागि सांसद सम्मान कार्यक्रम गरेका हौं’ प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाले बताए ।


प्रकाशित : पुस २५, २०७४ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?