कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आज पनि धनकुटा बन्द

धनकुटा — प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।

आज पनि धनकुटा बन्द

धनकुटालाई प्रदेश नं.१ को राजधानी हुनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन् । लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदल्दै अन्य गतिविधि गरिएको थियो । तर आज पुन: बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ ।


बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन् । बजार, पसल, उद्योग कारखाना समेत बन्द छन् । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन् ।


आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश बैठक लगायतबारे निर्णय गर्ने संकेत मिलेपछि दवाव स्वरुप पुन: बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।पर्याप्त भौतिक पुर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेश नं १ को राजधानी घोषणा गरिनुपर्ने प्रादेशिक राजधानी बनाउ‘ अभियानका संयोजक तथा धनकुटा प्रदेश नं १ का सदस्य निरन राईले दावी गरे ।


प्रकाशित : पुस २७, २०७४ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?