जाजरकोटको महामारी फैलिएको क्षेत्रमा जुम्लाको विशेषज्ञ चिकित्सक टोली

एलपी देवकोटा

जुम्ला — छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठइएको छ ।

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले बताए। ‘बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलि महामारी फैलिएको क्षेत्रमा गैसकेको छ,’ उनले भने, ‘क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको हो।’

‘शिक्षण अस्पताल जुम्लाबाट महामारी क्षेत्र जाजरकोटमा दुई हप्ताका लागि भनेर टोलि खटाएका छौं,’ शिक्षण अस्पतालका अस्पताल निर्देशक धर्मराज गोसार्इंले भने, ‘दुई हप्ता भनेपनि प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैन।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ डाक्टरको टोली उपचारका लागि बिरामीको घरदैलोमै पुग्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशित : पुस २७, २०७४ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आज पनि धनकुटा बन्द

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि धनकुटा बन्द आव्हान गरेका छन् ।

धनकुटालाई प्रदेश नं.१ को राजधानी हुनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन्। लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदल्दै अन्य गतिविधि गरिएको थियो। तर आज पुन: बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ।

बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन्। बजार, पसल, उद्योग कारखाना समेत बन्द छन्। बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन्।

आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश बैठक लगायतबारे निर्णय गर्ने संकेत मिलेपछि दवाव स्वरुप पुन: बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।पर्याप्त भौतिक पुर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेश नं १ को राजधानी घोषणा गरिनुपर्ने प्रादेशिक राजधानी बनाउ‘ अभियानका संयोजक तथा धनकुटा प्रदेश नं १ का सदस्य निरन राईले दावी गरे।

प्रकाशित : पुस २७, २०७४ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT