कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाविभागीय बनेको चार महिनापछि माओवादी मन्त्रीहरु राजीनामा दिँदै

राजीनामा पत्र आजै प्रधानमन्त्रीलाई बुझाइने 

काठमाडौँ — झण्डै चार महिनादेखि बिनाविभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले बिहीबार राजीनामा दिने भएका छन् । 
साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी भइरहेको मन्त्रीहरुले जनाएका छन् ।

बिनाविभागीय बनेको चार महिनापछि माओवादी मन्त्रीहरु राजीनामा दिँदै

सत्ता साझेदार रहेकै बेला माओवादी केन्द्र एमालेसँगको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका थिए ।


उनीहरुलाई विनाविभागीय भूमिकामा राखे पनि माओवादी मन्त्रीहरु राजीनामा नदिइकन बसेका थिए । ‘चुनाव नै केही गडबढ होला कि भनेर हामी राजीनामा नदिइ बसेका थियौं’ बिनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले कान्तिपुरसँग भने,‘अब राष्ट्रियसभा समेतको चुनाव सुनिश्चित भइसकेकाले छोड्दा पनि हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका हौं ।’ उनका अनुसार केही मन्त्रीहरु प्रदेश सांसदको रुपमा निर्वाचिन भइसकेकाले अब तत्कालै प्रदेशसभा गठन र त्यहाँको सरकारको समेत तयार गर्नुपर्ने भएकाले सरकारबाट बाहिरिन लागिएको हो ।


प्रधानमन्त्रीको राजीनामा माग्दै आएको वाम गठबन्धनले आफैं चाहिँ विनाविभागीय मन्त्रीको रुपमा पदमा बसिरहेकोमा आलोचना भएको थियो । एमालेले पनि छिटो मन्त्रीहरुलाई हटाउनका लागि माओवादीलाई दबाब दिइरहेको थियो । कांग्रेस नेतृत्वको सरकारमा उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नौ जना मन्त्री, सात राज्यमन्त्रीसहित १६ जनामा सहभागी थिए ।


नेपका संयुक्तबाट प्रतिनिधित्व गर्ने मिथिला चौधरीलाई भने बिनाविभागीय बनाइएको थिएन । यो पार्टी हाल माओवादीमै समाहित भइसकेको छ । बिनाविभागीय बनाइएपछि पनि माओवादी मन्त्रीहरु मन्त्रिपरिषद्को बैठकमा भने सहभागी हुने गरेका थिए । उनीहरुले सरकारी सेवा सुविधा पनि प्रयोग गरिरहेका थिए ।

प्रकाशित : पुस २७, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?