कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास र सुशासन प्रमुख कार्यभारः दाहाल

बाबियाचौर, म्याग्दी — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन् ।

विकास र सुशासन प्रमुख कार्यभारः दाहाल

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए ।


'धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्‍यौं,' पूर्व प्रधानमन्त्री दाहालले भने, 'अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।'


वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उनले बताए । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने दाहालको भनाइ थियो ।


अध्यक्ष दाहालले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । अध्यक्ष दाहाल शुक्रबारदेखि बेनीमा शुरु हुन भएको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आएका हुन् ।

प्रकाशित : पुस २८, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?